मकैको अनुदान : पर्वतका कृषकलाई भो अपमान

पर्वत, जेठ । बर्ष २०७४ देखी संचालीत प्रधानमन्त्री कृषि आधुनीकीकरणको मकै जोन कार्यक्रम पर्वतका किसानहरुले बहिस्कार गरेका छन् । मकै जोन कार्यालयका कर्मचारीले अपमान गरेको भन्दै पर्वतका किसानले सरकारी अनुदान फिर्ता पठाएका हुन् ।
फलेवास नगरपालिका अन्र्तगत मकै जोन पकेट क्षेत्रका दुई हजार २६ कृषकलाई वितरण गरिएको अनुदानमा विभेद गरिएको भन्दै कृषकले २० लाख रुपैयाँ अनुदान बहिष्कार गरे । स्थानीय कृषक गोविन्द पौडेलका अनुसार अनुदानमा मनोमानी र विभेदपूर्ण व्यवहार गरिएपछि सरकारी सहयोग फिर्ता पठाईएको हो । वास्तविक कृषकलाई हटाएर चिनेजानेका र आफन्तलाई अनुदानमा समावेश गरिएको कृषकको आरोप छ ।
मकै जोन कार्यालयले भने चालु वर्षमा उत्पादनमा आधारीत अनुदान प्राप्त भएअनुसार शुचिकृत गरेर अनुदान वितरण गरेको जनाएको छ । परियोजनाको २० लाख रकम मध्ये १४ लाख रुपैयाँ सूचिकृत किसानलाई वितरण गरिएको र बाँकी ६ लाख रुपैयाँ परिोजनाको लागि जोन सञ्चालक समितिको खातामा पठाइएको थियो । परियोजनाले नै केही कृषकहरु अनुदानमा छुटेको भने स्वीकार गरेको छ ।
मकै उत्पादन पकेट क्षेत्र भित्र पर्ने किसानले प्रतिरोपनी १७५ रुपैयाँका दरले बढीमा ५ रोपनी र कम्तीमा तीन रोपनी जग्गामा मकै लगाएवापत अनुदान पाउने व्यवस्था छ ।
क्याटेगोरी : कृषी / उद्यम
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्