लकडाउन खुकुलो पार्न नयाँ मोडालिटि, १० चरणमा हट्ला त बन्दाबन्दी ?

काठमाडौ । सरकार १० चरणको नयाँ मोडालिटि सहित लकडाउनलाई खुकुलो बनाउने तयारीमा जुटेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई परिमार्जन गर्दै कोभिड–१९ रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिलले १० चरणमा लकडाउन व्यवस्थापन गर्नेगरी नयाँ मोडालिटी तयार पारेको हो ।
यसअघिको मोडालिटिमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रमणको आधारमा क्षेत्र विभाजित गर्ने र सुरक्षा सावधानी सहित विभिन्न क्षेत्रलाई खुला गरेर अवश्यकता अनुसार लकडाउन हटाउने उल्लेख थियो । अब सरकारले असार १ गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनेगरि लकडाउन मोडालिटी ल्याउन लागेको बताइएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने मोडालिटीको विषयमा शनिबार पहिलो चरणमा छलफल गरेपनि अन्तिम रुप दिन बाँकी छ ।
समितिले १० चरणको मोडालिटीलाई अघि बढाएर लकडाउनलाई खुकुलो बनाउने बारे थप छलफल गरेर सहमतिको लकडाउन मोडालिटिको खाका मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ । मन्त्रीपरिषद्ले उच्चस्तरिय समितिको मोडालिटीलाई आवश्यकताका आधारमा अन्तिम स्वरुप दिएपछि कार्यान्वयनमा आउनेछ ।
क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्