Techie IT
Mission Khabar

जी–सेभेन राष्ट्रका नेताहरुको गरिब तथा विपन्न देशमाथी किन पर्दैछ नजर ?


काठमाडौंं । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरूको समूह जी–७ राष्ट्रका नेताहरूले कोरोना भाइरसविरुद्धको खोपको एक अर्ब डोज बाँड्ने घोषणा गरेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउँदो वर्षसम्ममा एक अर्ब डोज खोप बाँड्न जी–७ राष्ट्रका नेताहरू सहमत भएको जानकारी दिनुभएको हो ।

यस्तै, जी–सेभेन राष्ट्रका नेताहरुले गरिब तथा विपन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विश्वमा चीनको बढ्दो प्रभाव रोक्न गरिब तथा अल्पविकसित देशलाई पूर्वाधार विस्तारमा सघाउने योजना जी–सेभेनले पास गरेको हो । जी–सेभेन समिटका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई सार्थक पार्नुपर्ने बताउनु भएको छ । अमेरिका समर्थित बिल्ड ब्याक बेटर वर्ल्ड योजनालाई चीनको महत्वाकाङ्क्षी बेल्ट एण्ड रोड इनिसिएटिभको विकल्पको रुपमा हेरिएको छ । चीनको बेल्ट एण्ड रोड इनिसिएटिभले कयौँ देशमा रेल, सडक र बन्दरगाह सुधारका लागि आर्थिक सहयोग गर्दै आएको छ । जी–सेभेनले यो अभियान मार्फत चीनले गरिब देशलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको निष्कर्ष समेत निकालेको छ ।

विश्वका धनी तथा औद्योगिक राष्ट्रहरु चीनको सक्रियता कम गर्नेगरि अग्रसर हुन थालेसँगै अब विश्वभर नै चीन र बाँकी राष्ट्रहरुको दुईधार देखापर्ने आँकलन गर्न थालिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्