Techie IT
Mission Khabar

भारतको तेलंगना राज्यले अब ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण गर्ने


नयाँ दिल्ली । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गर्ने भएको छ । तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सुरु गर्न लागेको जानकारी दिएको हो ।

यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना बनाइएको छ । भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सुचना तथा प्रविधि मन्त्री केटी रमा रावले दाबी गरे । यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने बताइएको छ । भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सुचना प्रविधि सचिव जयस रन्जनले बतानुभएको छ । स्रोतः ईण्डीया टुडे


क्याटेगोरी : विकास / पुर्वाधार, विश्व / विविध, शिक्षा / स्वास्थ्य

तपाईको कमेन्ट लेख्नुहोस्