Techie IT
Mission Khabar

साउन अन्तिम हप्तादेखी लाइसेन्सको ट्रायल खुलाउने तयारी


काठमाडौं । यातायात व्यवस्था विभागले यही महिनाको अनि्तम हप्तादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने गरि तयारी थालेको छ । विद्यालय, विश्वविद्यालयलगायतको परीक्षा सुरु भएपछि विभाग पनि ट्रायल खुलाउने तयारीमा जुटेको हो ।

विभागका महानिर्देशक नमराज घिमिरेले यसबारे छलफल भइरहेको र छिटै निर्णय हुने जानकारी दिनुभयो । गएको वर्ष लकडाउनपछि सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो । अनलाइन प्रणालीमार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुरिरहँदा कोरोनाको सङ्क्रमण बढेपछि फेरि ट्रायल परीक्षा बन्द गर्नुपरेको थियो । विभागले अहिले अनलाइन आवेदन पनि बन्द गरेको छ । ट्रायल परीक्षाको टुङ्गो लागेपछि फेरि अनलाइन आवेदन खुलाउने तयारी हुने बताइएको छ । ट्रायल परीक्षा खुलेपछि नयाँ व्यवस्था लागू गरिने विभागले जानकारी दिएको छ ।

अहिले विद्यमान लाइसेन्स परीक्षा प्रणालीमा शतप्रतिशत अङ्क ल्याए मात्रै पास हुने व्यवस्थामा परिमार्जन गरेर ७० प्रतिशत अङ्क ल्याए पास हुने निर्णय यसअघि नै भइसकेको छ । नयाँ व्यवस्थाअनुसार ट्रायल परीक्षामा ट्राफिक लाइट, उकालो–ओरालो, सि्पड ब्रेकर, पार्किङलगायतलाई आधार मानेर अलग–अलग नम्बर दिइने व्यवस्था छ । अब सुरुमै परिक्षकालिन अस्थायी लाइसेन्स दिइने पनि बताइएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्