Techie IT
Mission Khabar

सडकको फोहोर उठ्ने आश, काठमाडौं महानगरसँग सिसडोलबासीको ९ बुँदे सहमति


काठमाडौं । काठमाडौँ महानगरपालिका र नुवाकोटस्थित सिसडोल बासीबीच सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठ्ने भएको छ । सिसडोलका स्थानीयले काठमाडौं महानगरसँग फोहोर व्यवस्थापन गर्न दिने ९ बुँदे सहमति गरेसँगै करिब एक महिनादेखी काठमाडौंका सडकमा फालिएको फोहोर उठ्ने भएको हो।

मंगलबार बेलुका बालाजुमा भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेको फोहोर उठाउने, टाइम कार्डको प्रयोग गर्ने जस्ता सहमति भएको बताइएको छ । काठमाडौँमा केही दिनदेखि थुप्रिएको फोहोरले वातावरण दूषित पार्नुका साथै रोग फैलिने जोखिम बढाएको थियो । हरेक बर्षको बर्षाद्मा काठमाडौं उपत्यकामा फोहोर थुप्रिने गरेको छ भने व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौं महानगरले बर्षेनी बाटो बिग्रिएको र सिसडोल भरिएको बाहानाबाजी दोहोर्याउदै आएको छ ।

यस्तो छ सहमति :


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जनप्रतिनिधि, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्