Techie IT
Mission Khabar

बाढीले अवरुद्ध मेलम्चीको पानी चैत मसान्तभित्र पुनः काठमाडौँ ल्याइसक्ने सरकारको घोषणा


काठमाडौं । सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुनः काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसअघि नै आयोजनाले चैतसम्ममा पानी काठमाडौं ल्याउनेगरि पुनर्निमाणको काम अघि बढाउने बताएको थियो । गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमालकडाउन जाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनस्थापना कार्यक्रमका लागि बजेट निकासा गरेको हो ।

यद्यपी अहिलेसम्म क्षतीको पूर्ण विवरण नआएका कारण बाढीले बिगारेको संरचना यति नै समयमा बनिसक्छ भन्ने एकिन हुन सकेको छैन । सबै पुर्वाधार निर्माणको काम पुरा नहुदै तत्कालिन ओली सरकारले हतारो गरेर काठमाडौं ल्याएको मेलम्चीको पानीले उपत्यकाबासीलाई केही राहत दिएपनि मेलम्ची बाढीका कारण उस्तै प्रतिक्षा गर्न थालिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्