Techie IT
Mission Khabar

सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरी बन्द, कहिलेसम्म यातायातमा सास्ती ?


काठमाडौं । सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन फेरि बन्द गरिएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अत्यधिक चाप भएकाले आवेदन बन्द गरिएको जानकारी गराएको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालले प्रणालीमा चाप व्यवस्थापनपछि फेरि अनलाइन आवेदन खुला हुने जानकारी दिए । कोरोनाका कारण गत वैशाख १६ गते बन्द भएको आवेदन असोज ८ गते खुलेको थियो । खुलेको केही घण्टामै समस्या देखिएर बन्द भएको आवेदन फेरिपनि बन्द हुँदा सवारी चालक अनुमति पत्रको आवेदनका लागि कुरेका सेवाग्राहीहरु मारमा परेका छन् ।

यता, यसअघि आवेदन दिएका लाखौँ नागरिक प्रयोगात्मक परिक्षाको पालो पर्खेर बसिरहेका छन् । लाईसेन्सको आवेदनमै समस्या, प्रयोगात्मक परिक्षामा महिनौँ पालो कुर्नुपर्ने अवस्था र परिक्षा पास भएपछि लाइसेन्स लिन वर्षौ पर्खिनुपर्ने बाध्यताबाट आम नेपालीले कहिले छुटकारा पाउने ? सरकारसँग प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्