Techie IT
Mission Khabar

किन सडक बन्द गरे हरिसिद्धीवासीले, कालोपत्रे गर्छु भन्दै भाग्दै ठेकेदार ! (फोटो डायरी)


ललितपुर । सातदोबाटो–गोदावरि सडक खण्ड अन्तरगको हरिसिद्धी सडक खण्ड कालोपत्रे नगरेको भन्दै स्थानीयवासी सडक नै बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । हरिसिद्धीवासी सडक विस्तार र कालोपत्रेको प्रतिबद्धता पुरा नभएको भन्दै अनिश्चित कालका लागि सडकमा अबरोध गरेर प्रदर्शनमा उत्रिएका हुन ।

गत मंसिर ६ गते सडक आयोजना, जनप्रतिनिधी, प्रहरी, स्थानीय र निर्माण पक्ष बीच मंसिर २५ गतेसम्म सडक पीच गर्ने सहमति भएपनि काम अघि नबढेपछि सडक बन्द गर्नुपरेको ललितपुर महानगरपालिका वडा नम्बर २९ का वडा अध्यक्ष गणेश महर्जनले जानकारी दिए ।

लामो समयदेखि ठेकेदारले सडक कालोपत्रे गर्ने भने पनि कामै नगरेपछि सडक बन्द गरेर आन्दोलन गर्नुपरेका स्थानीयवासी बताउँछन् । लामो समयसम्म सडकमा ग्राइभेल राखेर छोडेपछि खाल्टैखाल्टामा परीणत भएको सडकबाट जोखिम बढेको बिरोध स्वरुप वडा नम्बर २८ ले सडकमै डेस्क राखेर आफ्नो सेवा दिएको छ ।

सडक कालोपत्रेका लागि दबाब दिन ठैबमा समेत बन्द गरिएको छ । यसअघि गएको मंसिरमा बाँडेगाँउ, सिभिलचोक ठैबमा डोरी, ड्रम, साइकल र ढुंगालगायतका सामान राखेर बाटो बन्द गरिएसँगै केही किलोमिटर सडक कालोपत्रै गरिएको थियो । २०७३ सालमा उपत्यका सडक विस्तार आयोजनामार्फत आशिस सिएम जेभी र लामा समानान्तर जेभीले सडक आयोजना ठेक्कामा लिएका थिए ।

२०७६ कार्तिक २९ गते निर्माण सम्पन्न गर्नुपर्ने भएपनि पटक–पटक म्याद थप्दा समेत पुरा हुन सकेको छैन । आयोजनाको लागत १ अर्ब ४ करोड ५५ लाख ३३ लाख अनुमान गरिएपनि ३५ प्रतिशत न्युन रकम अर्थात ६७ करोड १६ लाख ४९ हजारमा ठेकेदार पक्षले ठेक्का लिएका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्