Techie IT
Mission Khabar

देशभर चिसो बढ्यो, बाक्लो हुस्सु र कुहिरोका कारण हवाई उडान प्रभावित


काठमाडौं । काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु प्रभावित भएका छन् । भिजिबिलिटी अत्यन्त कम भएपछि बिहानैदेखि उडान र अवतरण रोकिएको विमानस्थल कार्यालयले जानकारी दिएको हो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा लमो समय फन्को लगाउनुपरेको समेत जानकारि दिए । हुस्सु र कुहिरोका कारण भिजिबिलिटि दुई सयको हाराहारिमा झरेको बताइएको छ । घाम लागेर कुहिरो र हुस्सु नहट्दासम्म उडान सूचारु नहुने विमानस्थल प्रशासनले जानकारि दिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

मौसमा आएको अकस्मातको बदलीले चिसो बढाउँदा जनजीवन समेत प्रभावितभएको छ । चिसो बढेसँगै तराईमधेशसँगै उच्च पहाडी र हिमाली क्षेत्रका नागरिक बढी प्रभावित भएका छन् । काठमाडौं उपत्यकामा समेत दुईदिन अघि परेको पानी र हिमपातको असरस्वरुप चिसो अधिक बढेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्