भालेश्वर माविले थप विद्यार्थी भर्ना नलिने

बनेपा, २१ वैशाख -काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ मल्पीमा रहेको भालेश्वर माध्यमिक विद्यालयले भौतिक संरचना पर्याप्त नभएको भन्दै अब विद्यार्थी भर्ना गर्न नसकिने जनाएको छ ।
विद्यालय प्रशासनले भौतिक संरचना अभावका कारण विद्यार्थी नअट्ने र जग्गा पनि पर्याप्त नभएका कारण विद्यार्थी भर्ना गर्न नसकिने विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले बताउनुभयो । “यसै शैक्षिक सत्रमा कक्षा १ देखि ९ सम्म १२१ जना नयाँ विद्यार्थी भर्ना भएको उक्त विद्यालयले कक्षा ६, ७ र ९ मा थप विद्यार्थी भर्ना गर्न नसक्ने भएको छ”, प्रधानाध्यापक थापाले भन्नुभयो, “साँघुरो विद्यालय हाताका कारण थप भवन निर्माण गर्ने ठाउँसमेत अभाव रहेको छ ।”
विद्यालय बससमेत सञ्चालन गर्दै आएको सो विद्यालयले कक्षा ६ देखि ९ सम्म भर्ना बन्द गर्नुपर्ने अवस्था भएको जनाएको छ । पनौती नगरपालिकाका शिक्षा प्रमुख महेश्वर जंगमले नगरले शिक्षा ऐन बनाएर शिक्षण संस्थालाई एकरुपतामा ल्याउने काम भइरहेको बताउनुभयो । त्यस क्रममा शिक्षण सिकाइ र शिक्षकलाई समयमा नै विद्यालयमा उपस्थित गराउनका लागि नगरभित्रका १२ वटा विद्यालयमा विद्युतीय हाजिरी गर्ने काम भइसकेको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीले विद्यालयलाई जिल्लाको उत्कृष्ट र व्यवस्थित विद्यालय बनाउने उद्देश्यले विगत पाँच वर्षदेखि विद्यालय व्यवस्थापन समिति र शिक्षकका छोराछोरीलाई आफ्नै विद्यालयमा अनिवार्य रुपमा पढाउनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण बञ्जाराले विद्यालयको व्यवस्थापकीय र शिक्षण सिकाइको राम्रो वातावरण भएका कारण विद्यार्थीको आकर्षण बढ्दै गएको बताउनुभयो ।
अहिले सो विद्यालयमा कक्षा नर्सरीदेखि १२ कक्षासम्म ४०९ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त विद्यालयमा कलाँती भूमेडाँडाको गागल, खोपासी, पनौती, सुन्थान, मल्पी र बञ्जारागाउँलगायतका ठाउँबाट विद्यार्थी पढ्न जाने गरेका छन् ।
रासस
क्याटेगोरी : विकास / पुर्वाधार, शिक्षा / स्वास्थ्य
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्