Techie IT
Mission Khabar

आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?


काठमाडौं । राहदानी (पासपोर्ट) लिनको लागि मंगलबारदेखि आवेदन फाराम खुल्ला गरिएको छ । आवेदन फारम प्रत्येक दिन ११ बजेदेखी खुल्ला गरिएको हो ।

राहदानी विभागले एक सूचना जारी गर्दै मंगलबारदेखि दैनिक ११ बजेबाट अनलाइन आवेदन फाराम खुल्ने जानकारि दिएको छ । यसअघि विभागले राहदानीको बहाल अवधि १ वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा राहदानी नवीकरण नहुने तथा नयाँ राहदानीको लागि आवेदन गर्न नसकिने सूचना जारी गरेको थियो । राहदानीको बहाल म्याद ६ महिना भन्दा बढी भएमा अन्तर्राष्ट्रिय यात्रा गर्न सकिने भएकाले यन्त्रवाचक राहदानी (एमआरपी) को बहाल अवधि १ वर्षभन्दा कम भएमा मात्र राहदानी नवीकरणको लागि विद्युतीय राहदानीमा आवेदन गर्न भनिएको हो ।

राहदानी आफूलाई आवश्यक नहुँदाको अवस्थामा बहाल म्याद १ वर्षभन्दा कम वा बहाल म्याद समाप्त भएपनि तुरुन्त बनाउनु नपर्ने र यसरी नबनाउँदा कुनै अतिरिक्त शुल्क नलाग्ने भएकोले आफूलाई आवश्यक पर्दा मात्र राहदानी बनाउनको लागि आवेदन गर्न भनिएको छ । आवश्यक रहेका बाहेक राहदानी बनाएर राखौँ भन्ने सोचका साथ विभाग पुग्नेहरुका दिनहु भिडभाड हुने गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्