Techie IT
Mission Khabar

अनधिकृत संरचना भत्काउने अभियानको निरन्तरता, आज पनि बानेश्वर क्षेत्र निशानामा !


काठमाडौं । अनधिकृत संरचना भत्काउने अभियानलाई महानगरले निरन्तरता दिने भएको छ । महानगरपालिकाले आज काठमाडौंको शंखमुल र बानेश्वर क्षेत्रमा सडक अतिक्रमण गरेर सञ्चालन गरिएका पसलहरू हटाउने भएको हो ।

कोटेश्वरमा बुधबार नै पुगेको महानगरको टोलीले सम्झाइ बुझाइ गरेर फर्किएको थियो । गत सोमवार बानेश्वरमा केही संरचना भत्काएको महानगरपालिकाले बुधबार हिजो न्युरोड तथा दरबारमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको थियो । पहिलो दिन बानेश्वर क्षेत्रबाट सुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पब हाउसमा केन्द्रीत भयो । काठमाडौं जिल्ला अदालतमा समेत मापदण्ड विपरित संरचना बनेको भन्दै अनुमति वा नक्सा पासको विवरण मागिएको छ । मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन अभियान नै थालेको बताइएको छ ।

३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन्टमा व्यवसाय सञ्चालन गरेपछि महानगर बाध्य भएर आफै भत्काउन सक्रिय हुनुपरेको मेर बालेन्द्र साहले बताएका छन् । महानगरले डोजर, क्रेनसहित सामग्री लिएर संचरना भत्काउने अभियान थालेसँगै व्यवसायीहरु भने मारमा परेको गुनासो गरिरहेका छन् । मेयर साहले व्यवसायी र महानगरलाई क्षतिपूर्ति सम्बन्धित धनीबाटै लिनेगरि कानुनी प्रक्रिया थाल्ने समेत बताएका छन् । नक्सा पासका क्रममा उल्लेख गरिएको प्रयोजन अनुसार पार्किङ स्पेसमा भइरहेका व्यवसाय हटाउनुपरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।

काठमाडौं महानरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेका भुमिगत पार्किङलाई एकपछी अर्को निसाना बनाउँदा ट्राफिक प्रहरी महाशाखा प्रमुख मिरा चौधरी, मेयर साह, वडाका जनप्रतिनिधि, नगर प्रहरी प्रमुख पाण्डे सहितको दलबल खटिने गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्