“हाईटेक टनेल” श्रमशक्तिको बचत आम्दानीमा अभिबृद्धी
म्याग्दी, जेठ । तरकारी खेतीमा भित्रिएको आधुनिक प्रविधिको प्रयोगबाट म्याग्दीका कृषकको आम्दानी बढेको छ ।
आधुनिक प्रबिधिको प्रयोग गरेर तरकारी खेती गर्न थालेका स्थानीय कृषक रोग, किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धी र लागत घटाउन “हाईटेक टनेल” भित्र तरकारी खेती गरिरहेका छन् । जुन प्रविधि म्याग्दीको तरकारी खेतीमा नयाँ अभ्यास हो ।
देशका थुप्रै जिल्लामा यो प्रविधिको खेती हुन थालेको छ । नयाँ प्रबिधिको टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी आम्दानी हुनुका साथै श्रमशक्तिको बचत भएको कृषक बताउँछन् । प्रविधिको प्रयोगबाट उत्पादन वृद्धि गरेका वुद्धी विश्वकर्मा बेमौसमी उत्पादनबाट अधिक लाभ भएको बताउँछन् ।
यसरी हुन्छ टनेल खेती :
करिब १५ फिट अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म बनाउन सकिने हाईटेक टनेललाई किरा छिर्न नमिल्ने मसिनो जालीले निमार्ण गरिन्छ । । लहरे बालीका लागि टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रबिधिबाट सिचाई गरीन्छ । टनेलभित्र मौसमी तथा बेमौसमी तरकारी खेती गर्न सकिन्छ । नियन्त्रित वातावरण हुने हाईटेक टनेल भित्रका बिरुवालाई आवश्यकता अनुसार थोपा प्रबिधिबाट खाद्यतत्व आपूर्ती गराउन सकिन्छ ।
लागत :
क्षेत्रफल अनुसार एक लाख देखि पाँच लाख रुपैयाँमा निमार्ण हुने हाईटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिन्छ । परम्परागत खेती प्रबिधिलाई आधुनिकीकरण गर्न जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ब्यवसायीक कृषि बजार आयोजना लगायत निकायले कृषकलाई अनुदान र प्राबिधिक सहयोग गरेका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, कृषी / उद्यम, विकास / पुर्वाधार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्