Techie IT
Mission Khabar

बङ्गलादेशले नेपालबाट ४० देखी ५० मेगावाट बिजुली किन्ने सहमति, छिट्टै त्रिपक्षीय छलफल !


काठमाडौं । बङ्गलादेशले नेपालबाट ४० देखि ५० मेगावाटसम्म बिजुली लैजाने सहमति जुटेको छ । काठमाडौंमा बिहिबार सकिएको दुई देशका उर्जा सचिवस्तरीय जोइन्ट स्टेयरिङ कमिटी जेएससीको चौथो बैठकले यस्तो सहमति गरेको हो ।

उर्जा व्यापारको सहमति भएपनि नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्नुपर्ने हुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले त्रिपक्षीय छलफल गर्ने सहमति समेत बैठकमार्फत जुटेको जानकारि दिएका छन् । बैठकको मिति भने तय गरेको छैन । प्राधिकरण र बङ्गलादेशको बोर्डले एनभीभीएनलाई अनुरोध गरेपछि बाँकी प्रक्रिया अघि बढ्नेछ । एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो ।

अहिले भारतबाट बिजुली लगिरहेको संरचनाले झन्डै ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने भएकाले धान्ने बराबरको बिजुली लैजान बङ्गलादेश तयार भएको बताइएको छ । यस्तै, बङ्गलादेशले कुल ६ सय ८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि संयुक्त लगानी गर्नेबारे प्रारम्भिक रुपमा सहमति जनाएको छ । यो आयोजनाको वातावरणीय अध्ययन प्रतिवेदन यथाशीघ्र बङ्गलादेशलाई उपलब्ध गराइने छ । यस आयोजनाको सम्पूर्ण अध्ययन प्रतिवेदन नेपालले बङ्गलादेशलाई उपलब्ध गराउने र बङ्गलादेशले पनि आफ्नो धारणा दिएपछि बाँकी प्रक्रिया अघि बढनेछ । सोलार होम सिस्टमलगायतका नवीकरणीय ऊर्जाको क्षेत्रमा सहकार्यका लागि नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बङ्गलादेशको त्यही खालको संस्थाबीच सहकार्यका लागि एक महिनाभित्र मस्यौदा उपलब्ध गराइने सहमति समेत भएको छ । क्षमता अभिवृद्धि, तालिम आदानप्रदानका बारेमा सम्बन्धित निकायकाबीचमा भावी कार्यदिशा तयार गर्न संयुक्त प्राविधिक टोलीलाई जिम्मा दिइएको छ ।

यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) सँग माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कुल ५ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता आउँदो सेप्टेम्बरसम्म गर्नेगरि तयारी अघि बढाइएको छ । बङ्गलादेशले यसअघि नै नेपालबाट सन् २०४० सम्म नौ हजार मेगावाट बिजुली लैजाने घोषणा गरिसकेको छ । सोही अनुसार करिब ५० मेघावाटबाट खरित प्रक्रिया प्ररम्भ गर्न लागिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्