Techie IT
Mission Khabar

इटहरीमा होटलको चाप, १५ सयमा ३ सय मात्रै दर्ता


इटहरी, जेठ । पूर्वकै व्यस्त अनि उदाउँदो सहर हो इटहरी । स्वदेशी–विदेशी पर्यटक यहि मार्ग भएर पूर्वी नेपालका विभिन्न धाम तथा पर्यटकिय स्थल जाने क्रम बढेसँगै ठूलो लगानीमा नयाँ होटल र लज खुल्ने क्रम बढेको छ । इटहरीमा होटल गरिमा अहिलेसम्मकै ठूलो लगानीको होटलका रुपमा बन्दैगरेको छ ।
८० करोड रुपैयाँ लगानी रहेको गरिमा स्थानीय व्यापारी बलराम आचार्य, भीम पौडेल र कृष्ण नेपालको लगानी रहेको बताइएको छ । तारे स्तरको संरचना बनाइएपनि कुन तारे एकिन भने भएको छैन । पाँचतारे बराबर सेवा, सुविधा दिने दाबी गर्दै गोरखा डिपार्टमेन्ट स्टोरले पनि लज सञ्चालन गर्दैछ । गोरखाले अहिलेसम्म खाना खाने सेवा दिइरहे पनि बास बस्ने व्यवस्था थिएन । गोरखा आडैमा भाइसन बर्देवाले गेस्ट हाउस खोल्ने तयारी गरेका छन् भने तिरुपति होटल पनि ठूलै लगानीमा खुल्दैछ।

इटहरीमा पछिल्लो समय ६ नयाँ होटल खुलेका छन् । बजार क्षेत्रमा ठूलो लगानीमा जात्रा, एमएफसी, त्रियुगा, पाथीभरा, सुमेरु र दरबार इन होटल सञ्चालनमा आईसकेका छन् । इटहरीकै आपगाछीमा मझेरी खुलेको छ । पहिलेदेखि चल्दै आएका तिरुपति, प्रिमियर, पशुपतिलगायत होटल नाम चलेकामा पर्छन् । मध्यमस्तरका बास बस्ने होटल तथा लजका रुपमा मितेरी, मेचीकाली, ओम पाथीभरा, पूर्वाञ्चल, होटल ओ माई डियर, हेरिटेज, इलामेली, हिरा, वेलकम, पेरिस, गणपति, हिमाल, कृष्ण, यात्री, नीलकण्ठ, दियालो, जय नेपाल, भिइआइपी, रोयल, कुमारी लन्डन र वान्समोर सञ्चालनमा छन् ।

राम्रो खानाका लागि गोरखा, पूर्वाञ्चल आइसक्रिम, होटल न्यू मितेरी, ओखलढुंगा, मिसन प्वाइन्ट, रोयल रिसोर्ट, चिन्तन चौतारी, आई सिनेमा, लालिमा, हिरा, कटवाललगायत होटल चर्चित छन् । पार्टी प्यालेसमा इटहरी बैंकेट, दुर्गा र मनशान्तको चर्चा छ ।

विदेशी तथा स्वदेशी पर्यकटकलाई लक्षित गरी होटल र लज थपिनु र पुराना होटल पनि लगानी थपेर आधुनिक बनाईनुले इटहरीको व्यस्तता र चहल पहल अझै बढ्ने देखिन्छ । इटहरीमा साना–ठूला गरी एक हजार पाँच सय हाराहारी होटल भएपनि तीन सय हाराहारी मात्र दर्ता छन् ।


क्याटेगोरी : विकास / पुर्वाधार, होटल / रेस्टुरेन्ट

तपाईको कमेन्ट लेख्नुहोस्