Techie IT
Mission Khabar

निर्माणाधिन नेपालगञ्ज बसपार्क निरन्तरको खेलवाड


नेपालगञ्ज, जेठ । नेपालगन्ज बसपार्क निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । बरु, २ पटक म्याद थप गर्दा पनि अहिलेसम्म ३० प्रतिशत मात्रै काम सकिएको छ ।
२०७२ साल चैत १५ मा १५ महिने अवधी राखेर आधुनिक बसपार्क निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका र युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर प्रा.लि. काठमाडौंबीच सम्झौता भएको थियो । बसपार्क निर्माणले अझै गति लिन सकेन् । बसपार्क नहुदा व्यवसायीले नै बस बाटोमै पार्किङ गर्नु पर्ने, यात्रुलाई टिकट काट्दा र बस चढ्दा बस खोज्नै सास्ती हुने समस्या छ ।
करीब ४ सय बस पार्किङ गर्ने उद्देश्यसहित टर्मिनल भवन, सपिङ कम्पलेक्स, कम्पाउण्ड, पार्किङ क्षेत्र र शौचालय लगायतका संरचना रहनेगरी आनुधिक बसपार्क निर्माणका लागि १४ करोड ९४ लाख, ७ सय ५५ रुपैयाँ लागत बराबरको ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीका इन्जिनियर सुशीलचन्द्र पौडेल टर्मिनलको आवश्यक सामाग्री भारतबाट ल्याउनुपर्दा ढिलाई भएको बताउँछन् ।
निर्माण पक्ष मात्रै होइन, नेपालगञ्ज उपमहानगरपालिका पनि युनाइटेड बिल्डर्सको बचाउ गर्दै टर्मिनलमा लाग्ने सामाग्री नेपालमा नपाउदा, कन्सल्टेण्ट नहुनु, समस्या भएको भनिरहेको छ ।
निर्माण कम्पनी र नेपालगञ्ज उपमहानगरले जे जति नै बहाना गरेपनि २\२ पटक म्याद थप गर्दासम्म ३० प्रतिशत काम मात्रै पुरा गरिनु हदैसम्मको लापरवाही हो ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्