Techie IT
Mission Khabar

दुई दिनका लागि मुग्लिन–नारायणगढ सडकको अवरोध हट्यो, तीन वटा पुल बनाउन बाँकी


काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा आज र भोलि गाडी नरोकिने भएका छन् । पुल बनाउनको लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको यो सडक खण्डमा माघे सङ्क्रान्तिका लागि आज र भोलि गाडी नरोकिने निर्माण पक्षले जानकारि दिएको हो ।

माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले अवरोध हटाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । यो सडक खण्डमा गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको काम सकिएको छ भने अझै चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काट्न बाँकी रहेको छ


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्