Techie IT
Mission Khabar

फेरी पुरानै बाटोमा हेटौँडा सिमेन्ट उद्योग, कोइला अभावलाई कारण देखाएर उत्पादन बन्द


काठमाडौं । कोइलाको अभावमा हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आपूर्तिको बोलपत्र आह्वान गरेर पहिलो र दोस्रो चरण गरी १० हजार मेट्रिक टन कोइला ल्याउने क्रममा रहेको भएपनि तत्कालको उत्पादन बन्द रहेको जानकारि दिएको हो ।

उद्योगमा पर्याप्त कोइला भण्डारण गरेपछि आउँदो ५ गतेभित्र सिमेन्ट उत्पादन गर्ने तयारी गरिएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिएका छन् । उद्योगले गुणस्तरीय कोइला भारत, इन्डोनेसिया, भुटान र पाकिस्तानबाट आयात गरी ल्याउँदै गरेको जानकारी कर्णले दिएका छन् ।

उद्योगबाट उत्पादित सिमेन्ट काठमाण्डौ, हेटौँडालगायत सहरमा आपूर्ति भइरहेको उद्योग व्यवस्थापनले जनाएको छ । वर्षौको इतिहास बोकेको यो सिमेन्ट उद्योगको उत्पादन गुणस्तरिय र टिकाउ हुने विश्वास जनमानसमा रहदैआएको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, विकास / पुर्वाधार

तपाईको कमेन्ट लेख्नुहोस्