Techie IT
Mission Khabar

कलंकी अण्डरपास असार १५ बाट सञ्चालनमा, चक्रपथ विस्तारले राहत


काठमाडौं , जेठ । काठमाडौंका लागि मुख्य प्रवेश द्धार कलंकीमा निर्माण भइरहेको अन्डरपास असारको १५ गतेबाट सञ्चालनमा आउने भएको छ । निर्माण कम्पनीका अनुसार मुलुककै पहिलो अण्डरपास सञ्चालनका लागि लगभग एक महिना मात्रै लाग्ने छ ।

आज

आयोजनाका अनुसार असार १५ गतेदेखि यसलाई सञ्चालनमा ल्याउने गरि काम भईरहेको छ । चार लेन फराकिलो र ३८ मिटर लामो अन्डरपासको खसिबजार तर्फको सम्पूर्ण निर्माण सकिएको छ भने सितापाईलातर्फको निर्माण तीव्र पारिएको छ ।

हिजो

पहिलो चरणको चक्रपथ विस्तार पुरा हुँदैगर्दा कोटेश्वर–सातदोबाटो–कलंकीको यात्रा रफ्तार बनेको छ भने घण्टौँको जाम केही मिनेटमा झरेको छ ।

चक्रपथ सुधार आयोजनाका अनुसार अण्डरपास सञ्चालनमा आएको केही समयपछि दोश्रो चरणको चक्रपथ विस्तारले गति लिनेछ । जसअनुसार कलंकीदेखी महाराजगञ्जसम्मको सडक विस्तार हुनेछ । विस्तारलाई गति दिन र सहज बनाउन सडक आसपासका संरचाा एक महिनाभित्र भत्काउन निर्देशन दिइसकेको आयोजनाले सबैको साथ र सायोग पाउने अपेक्षा गरेको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्