रसुवाको हाकु छिट्टै सडक सञ्जालसँग जोडिने

रसुवा, जेठ । जिल्ला सदरमुकामबाट नजिकै रहेर पनि दुर्गन बनेको हाकु गाउँ अब सडक सञ्जालमा जोडिने भएको छ । पार्वतिकुण्ड गाउँपालिकाले आफ्नो आन्तरिक बजेटबाट सडक निर्माण अघि बढाएको हो । सडक सञ्जालसँग हाकु जोडिएसँगै ५०० भन्दा बढी घर परिवारले यातायातको पहुँच पाउने छन् ।
त्रिशूली नदी किनारबाट स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण भएपछि हाकु क्षेत्रलाई सडक सञ्जालमा जोड्न सहज भएको हो । पार्वतिकुण्ड गाउँ पालिकाकाका अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब १ करोड लाग्नेछ । सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने भएपनि भौगोलिक विकटताले दूरदराज जस्तै छ ।
हाकु क्षेत्रमा हुने सडक विस्तारले गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङको भनाई छ । खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी हुने यो क्षेत्र एक बर्षभित्र सडक यातायातसँग जोडिने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : जनप्रतिनिधि, विकास / पुर्वाधार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्