आगामी दशैबाट केवलकार चढेर कालिञ्चोक भगवतीको दर्शन गर्न पाइने

दोलखा, जेठ । दोलखा जिल्लाको तिर्थयात्राका लागि कालिन्चोक भगवती मन्दिर एउटा प्रसिद्द गन्तब्य हो । यहाँ हजारौँ हिन्दुहरु दर्शन तथा पुजा आजाका लागि पुग्ने गर्छन । दिनहुँ सयौँको भीडभाड देख्न सकिन्छ कालिञ्चोक भगवतीमा ।
यहि आकर्षणका कारण थुप्रैको रोजाई बनिरहेको कालिञ्चोकमा केवलकार सञ्चालन गर्न लागिएको छ । केबलकारको पोल गाडिएपछि थुप्रैलाई लागेको थियो छिट्टै कालिञ्चोक दर्शनका लागि केबलकार चढेर जान पाइन्छ भन्ने तर निर्माण प्रक्रिया केही ढिलाई हुँदा आगामी दशै कुर्नुपर्ने भएको छ । यहाँको धार्मिक पर्यटनलाई सहजिकरण गर्न भन्दै कालिञ्चोक दर्शन लिमिटेडले निर्माण थालेको केबलकार सेवा गत वैशाखसम्म सन्चालनमा ल्याउने लक्ष्य थियो । तर यो मितिमा सम्भव नभएपछि छिट्टै सञ्चालन गर्नेगरी धमाधम काम भैरहेको आयोजना प्रमुख अशोक सिवाकोटी बताउँछन् ।
करिब ३८ सय मिटर उचाइमा रहेको मन्दिरसम्म पुग्न अबको पाँच महिनापछि तिर्थालुहरुले कालिन्चोकको कुरि बजारदेखि केबलकार चढ्न पाउने छन् । अप्रेसन भवन टावर निर्माण र तार टाग्ने काम ८५ प्रतिशत पुरा गरेको निर्माण पक्षले आगामी दशैको भाखा भने नसर्ने दाबी गरेको छ । ३७ करोड लागत अनुमान गरेर निर्माण अघि बढाईएको कालिञ्चोक केबलकारको निर्माण लागत भने बढेर ४० करोड पुग्ने आशंका गर्न थालिएको छ ।
केबलकार चढेर कालिञ्चोक दर्शन गर्ने अनि त्यही उच्च बिन्दुबाट प्राकृतिक मनोरमको आनन्द लिन चाहनेहरुको सपना कहिले पुरा हुन्छ, यो भने केवल प्रतिक्षा बनेको छ ।
क्याटेगोरी : देश / प्रदेश, विकास / पुर्वाधार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्