Techie IT
Mission Khabar

पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य ठहर


काठमाडौं, जेठ–निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य हुने भएको छ । सरकारी अध्ययनले नै कमजोर धरातल र अवतरण क्षमतामा प्रश्न उठाएपछि निर्माण पुरा नहुँदै पोखरा विमानस्थल अगोग्य हुने भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले भू–धरातल, उडान र अवतरण क्षमता लगायतको अध्यनन गरेर पोखरा अन्तर्राष्ट्रिय उडानका लागि अयोग्य ठहर सहित प्रतिवेदन बुझाएको हो । पूर्वसचिव विरेन्द्र बहादुर देउजाको संयोजकत्वमा गठित टोलीले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई पोखरा विमानस्थल बारेको प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको भित्री पाटोबारे केही खुलाईएको छैन ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्