Techie IT
Mission Khabar

नारायणगढ–मुग्लिन सडक कालोपत्रे : तीन बर्षे सास्ती हटेको यो क्षण


चितवन,जेठ । नारायणगढ–मुग्लिन सडकखण्ड अब यातायात व्यवसायी र यात्रुका लागि सास्ती होइन, सुविधा बन्ने भएको छ । यो सडकखण्डको ३३.२ किलोमिटर सडक कालोपत्रे गरिएसँगै सास्ती हट्ने भएको हो ।

अब यात्रु तथा सार्वजनिक यातायातले हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यो सडकखण्ड प्रवेशमा रोकिनुपर्ने बाध्यता अन्त्य भएको छ । कालोपत्रे पुरा भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अब हिले, धुले बाट चिल्लो सुकिलो सडकमा रुपान्तरण भएको छ । सडक आयोजनाले अब बाटो बन्द गरेर काम गर्नुपर्ने अवस्था नरहेको भन्दै विगतको बाध्यात्मक समस्यालाई अबको सुविधाले बिर्साउने अपेक्षा गरेको छ ।

निर्धारित समयभन्दा झण्डै १४ महिना ढिलो सम्पन्न हुन लागेको सडक आयोजनाको केही कम भने जारी नै छ । आयोजनाको ९१ प्रतिशत काम सकिएको बताइएको छ । गत पुस १८ गतेबाट दैनिक विहान १० देखि ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा सार्वजनिक यातायातका साधन चलाउन रोक लाग्दै आएको थियो । भत्काइएको तीन वर्षपछि यो सडकखण्ड प्रयोग गर्ने चालक र यात्रुले राहत महशुस गरेका छन् ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्