नेपाल चीन साझेदारी : तातोपानी र रसुवागढी नाकाको पुल चीनले बनाउने, उर्जामा लगानी ल्याउन सरकार क्रियाशिल

काठमाडौं – नेपाल चीन नाका तातोपानी र रसुवागढी—स्याफ्रुबेँसी मा चीन सरकारको आर्थिक साहयोगमा पक्कि पुल बन्ने भएको छ । मन्त्रीपरिषद् बैठकले सिन्धुपाल्चोकको तातोपानी नाका र हाल सञ्चालनमा रहेको एक मात्र रसुवागढीस्थित स्याफ्रुबेँसीमा पक्कि पुलका लागि आउन लागेको चीनिया सहयोग स्विकार गरेसँगै चीन नेपालका दुई नाकामा पक्की पुल बन्ने भएको हो ।
पक्कि पुल बन्नेभएसँगै ०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त भई बन्द भएको तातोपानी नाका क्षेत्रको व्यापार खुल्ने अपेक्षा गर्न थालिएको छ । दुई स्थानमा पुल निर्माणका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता गरेको छ । रसुवागढी—स्याफ्रुबेँसीबाट चीनको च्याङ्बु जोड्ने र सिन्धुपाल्चोकको तातोपानी नाकाको मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न नेपाल सरकाले स्विकृती दिएपछि छिट्टै पुल बन्ने अपेक्षा गरिएको छ ।
पुल निर्माणको चिनिया प्रस्ताव स्विकार गरेको सरकारले नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने अख्तियारी पनि उर्जा मन्त्रालयलाई दिएको छ । अब ऊर्जा मन्त्रालय र चीनको सम्बन्धित क्षेत्रका समकक्षीबीच विद्युत आयोजना लगायतका उर्जा क्षेत्रको सहमतिपत्रमा हस्ताक्षर गर्ने बाटो खुलेको छ । भूकम्पका कारण सिन्धुपाल्चोकको मितेरी पुल तथा त्यस आसपासको बजार क्षेत्र क्षतिग्रस्त भएपछि बन्द रहेको तातोपानी नाका पुलसँगै सञ्चालनमा आउछ वा पुल मात्रै बन्छ ? यसको जवाफ दिइएको छैन ।
नेपाल र भारतबीचको असन्तुलित ब्यापारलाई हटाउन, दुबै छिमेकीसँग समानताको व्यवहार र साझेदारीलाई अघि बढाउने सरकारी कुटनीति प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा कसरी देखापर्छ यो भने हेर्न बाँकी नै छ । जे होस, सीमा क्षेत्रका दुईवटा पुलमा हुदैगरेको चीनिया लगानी र उर्जा क्षेत्रमा हुन लागेको सहकार्यलाई भने सकारात्मक मान्नुपर्छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्