मेलम्चीको खानेपानी दशैमा नआउने, गृहमन्त्रीको अभियानमा मेलम्चीको धक्का

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले ठेक्का सम्झौता अनुसार तोकिएको समयमा काम पुरा नगर्ने कम्पनी र ठेकेदारलाई कारबाही गर्न देशभरबाट विवरण संकलन गर्दैगर्दा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाका ठेकेदारको म्याद थपिएको छ ।
आयोजनाले ठेकेदारको म्याद थपसँगै उसको मागदाबी अनुसार क्षतिपूर्ति दिने तयारी समेत गरेको छ । भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाएर घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपरेटिभ मुरातोरी एण्ड सिमेन्टिस्टी (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति मागेको थियो । आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समितिले छलफल गरेर म्याद थपसँगै क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेपछि गृहमन्त्रीको ठेकेदार बिरुद्धको अभियानमै धक्का परेको छ ।
क्षतिपूर्ति रकम भने निश्चित भएको छैन । मेलम्ची खानेपानी आयोजनाको ठेक्का म्याद बिहिबार सकिन नपाई सात महिना थपिएको छ । पूर्ण निर्णय हुदैगरेपनि आंशिक निर्णयबाटै ठेकेदार कम्पनीले २१ जनवरी २०१९ सम्मको म्याद पाइसकेको छ । अबको सात महिनामा सुरुङ खन्ने लगायतका काममा ठेकेदार कम्पनीलाई दिएको जिम्मेवारी पुनः सम्झाएर म्याद थपिएको मन्त्रालयको दाबी छ ।
पटक–पटक भाखा राख्ने र टर्ने मेलम्ची सपना यो पटक पनि उस्तै हुनेभएको छ । खानेपानी मन्त्री तथा आयोजनाले दशैंमा राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने भन्दै दिएको बचनबद्धता पुरा नहुने निश्चित जस्तै भएको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्