Techie IT
Mission Khabar

कोटेश्वर–कलंकी सडक : चीनको असफल सडक परियोजना, हस्तान्तरण लगत्तै भत्काएर पूर्वाधार निर्माण गरिने


काठमाडौं– चीनले तामझाम सहित बनाएको कोटेश्वर–कलंकी रिङरोड सडकमा थुप्रै कमजोरी भेटिएका छन् । पुसमा चीनले हस्तान्तरण गरेपछि लगत्तै ठाउँ ठाउँमा भत्काएर पूर्वाधार निर्माण गर्नुपर्ने भएपछि चीनिया सडक परियोजना असफल देखिएको हो ।

चिनियाँ प्रविधि र प्राविधिक मार्फत निर्माण भएको कोटेश्वर–कलंकी सडकमा पूर्वाधार मात्रै होइन सडक सुरक्षामा समेत कमजोरी भेटिएको छ । ट्राफिक लाइट, डिजाइन सडक बत्तीको व्यवस्था, आकासे पुल र डिभाइडरको व्यवस्थामा कमजोरी भएपछि सडक बन्नासाथ भत्काउनुपर्ने बाध्यता परियोजनामाथी आइपरेको छ । निर्माण लगत्तै भत्काउनुपर्ने अवस्था आउनुमा चीनिया निर्माण पक्षको भन्दा नेपाली पक्षको कमजोरी बढी छ ।

सडक परियोजना कसरी अघि बढाउने, कुन ठाउँमा के कस्ता संरचना बनाउने आकासे पुलको आवश्यकता र संरचना बारे सुरुवाती समयमा चासो नदिइदा रिङरोडकै नमुना बनेको कोटेश्वर–कलंकी सडक खण्डको लागत बढ्ने भएको छ । यसले सडक प्रयोगकर्तालाई समेत समस्या बढाउने छ ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्