Techie IT
Mission Khabar

उर्जा क्षेत्रमा लगानीकर्ताको मोह, खानी उद्योगमा लगानी गर्नेहरु पनि बढे


काठमाडौं–पछिल्लो समय नेपालको खानी उद्योगमा लगानीगर्नेहरुको आकर्षण बढ्न थालेको छ । एक वर्ष अवधिमा मात्रै नेपालको खानी उद्योगमा ३ अर्ब ८० करोड रुपैयाँ लगानी भित्रिएको हो । आर्थिक वर्ष २०७४\०७५ मा मात्रै पनि विदेशी कम्पनीहरुले कामदार खर्च ७६ करोड ९० लाख ब्यहोर्नुपर्नेगरी उद्योग दर्ता गराएका छन् ।

वर्ष २०७४\०७५ मा मात्रै खनिज उद्योगका लागि २ अर्ब ४२ करोड २० लाखको स्वदेशी लगानी प्रतिबद्धता आएको छ । विदेशी लगानीका ३ उद्योग र स्वदेशी लगानीका ४ उद्योग दर्ता भएको उद्योग विभागमा रेकर्ड छ । खानी उद्योग अनुसन्धान पश्चात खनिज पदार्थ भेटिएको स्थानमा स्थापना गर्नुपर्ने भएकाले निश्चित स्थान तोकेर प्रतिबद्धता नआएको उद्योग विभाग बताउँछ ।

गत आर्थिक बर्षमा ३ सय ९५ उद्योगका लागि विदेशी लगानीकर्ताबाट ६१ अर्ब बराबरको प्रतिबद्धता आएको थियो । जतिबेला २० वटा कृषिजन्य उद्योगमा २१ अर्ब लगानीको प्रतिवद्धता आएको थियो । सबैभन्दा बढी उर्जा तथा जलविद्युतमा लगानी प्रतिबद्धता आएको छ । उर्जा क्षेत्रमा ३७ अर्ब लागानी प्रतिवद्धता आउँदा सूचना प्रविधिको क्षेत्रमा २६ वटा उद्योगले ५ करोड रुपैयाँको लगानी प्रतिबद्धता गरेको विभागको रेकर्डमा छ । यता, उत्पादनमुलक उद्योगमा ८ अर्ब रुपैंयाँको प्रतिबद्धता आएको छ भने सेवामूलक उद्योगमा २ अर्ब ९६ करोड रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । पर्यटन क्षेत्रमा १ सय ५६ वटा उद्योगबाट ४ अर्ब ७६ करोड रुपैंयाँ लगानीको प्रतिबद्धता आएको उद्योग विभागको रेकर्डबाट देखिन्छ ।

अघिल्लो आर्थिक बर्षमा स्वदेशी लगानीतर्फ उद्योगका लागि ३ खर्ब ५० अर्ब, कृषिमा २ अर्ब ५१ करोड निर्माण क्षेत्रमा ४ अर्ब ७३ करोड, उर्जा क्षेत्रमा सबैभन्दा बढी २ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । सूचना प्रविधितर्फ ७५ करोड, उत्पादनमूलक क्षेत्रमा ७७ अर्ब, खनिजका लागि २ अर्ब, सेवामूलक उद्योगका लागि ५ अर्ब, पर्यटन उद्योगका लागि १ अर्ब ५९ करोड लगानी प्रतिबद्धता आएको थियो । दर्ता गर्ने समयसम्म जनाइएको प्रतिबद्धता अनुसारको रकम एकै बर्षमा भने नआउने उद्योग विभाग बताउँछ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्