Techie IT
Mission Khabar

झारपोखरी बनेको रानीपोखरी र उठ्न नसकेको धरोहर धरहरा : राज्यको वेवास्थामा परेका दुईवटा सम्पदा (फोटो डायरी)


काठमाडौं– कुनैबेला काठमाडौंको मुटु भनेर चिनिन्थे, रत्नपार्क र रानीपोखरी क्षेत्र । भूकम्पपछि भत्किएको रानीपोखरी अहिले बिचरा भन्ने अवस्थामा छ ।

रानीपोखरीको बिवाद यतिसम्म छ की काठमाडौ महनगरपालिकाका मेयर र उपमेयरबीच नै जुहारी चलिरहेको छ ।

अहिले कस्तो, कसरी र कस्ले ? बनाउने भन्ने बारेमा बढेको बिवादले रानीपोखरी र धरहराको पुनर्निमाणको काम रोकिएको छ ।

 

एउटा महत्वपूर्ण पुरातात्वीक सम्पदा अहिले कुरुप स्वरुपमा पुगेको मात्रै छैन, झार र अस्तव्यस्तताले गौचरण जस्तो बनेको छ ।

रानीपोखरी अहिले हिजोको पहिचान भुलेर झार पोखरीमा परिणत भएको छ ।

जेठ १ गतेदेखि परम्परागत शैलीमै रानीपोखरी निर्माण गर्नेगरी कंक्रिटको संरचना भत्काइएपनि निर्माणको काम अघि बढ्न सकेको छैन ।

 

 

 

प्रताप मल्लकालिन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाउने भनिएको रानीपोखरी कस्तो बन्ला ? अझै अनिश्चित छ ।

हिजो

आफ्ना कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकमुक्त गराउन प्रताप मल्लले वि.सं १७२७ मा दुई वर्ष लगाएर बनाइएको रानी पोखरी २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको थियो ।

रानीपोखरी मात्रै होइन, अहिले देशको शान बनेको धरोहर धरहरा पनि उभिन सकेको छैन । भूकम्पबाट खण्डहर बनेको धरहरा कहिले बन्न सुरु गर्ने नै निश्चित छैन ।

२९ रोपनी क्षेत्रफलमा फैलिने गरी धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु सहित बनाउने गरी डिजाईन तयार भएपनि अझै काम अघि बढ्न सकेको छैन ।

बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना बताइएको छ । तर कहिले बन्न सुरु गर्ने कस्ले बनाउने अझै निश्चित छैन ।  १९९० सालको भूकम्पले ११ तले धरहरा २ तला भत्किएर ९ तलामा सिमित भएको थियो । तर अहिले फेदैबाट ढलेको तीन बर्ष पुग्दा पनि उठ्न सकेको छैन ।

करीव ३ अर्ब लगानी लाग्ने अनुमान गरिएको धरहरा नेताका निर्माण कम्पनी र राजनीतिक कोपभाजनमा परेको छ ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्