Techie IT
Mission Khabar

रानीपोखरी की झार पोखरी ? पहिचान र पुरात्वमाथिको वेवास्था (फोटो डायरी )


काठमाडौं– कुनैबेला काठमाडौंको मुटु भनेर चिनिने रानीपोखरी अहिले झारपोखरी बनेको छ । पोखरीमा कलकल आवाज दिदै टलटल पानी टहकिनुपर्ने हो । जहाँ अहिले झारैझार उम्रिएको छ ।

२०७२ बैशाख १२ को भूकम्पका कारण भत्किएको रानीपोखरी अहिले बिचरा भन्ने अवस्थामा छ । पोखरी नजिक पुग्ने जो कोही अहिले बिचरा रानीपोखरी भन्दै खल्लो मशसुस गरिरहेका हुन्छन् ।

कस्तो र कसरी बनाउने भन्ने बारेमा बढेको बिवादले रानीपोखरीको पुनर्निमाण रोकिएको छ । भएको संरचना पनि वेवास्थाको शिकार बनेको छ । एउटा महत्वपूर्ण पुरातात्वीक सम्पदा अहिले कुरुप स्वरुपमा पुगेको मात्रै छैन, झार र अस्तव्यस्तताले गौचरण जस्तो बनेको छ ।

रानीपोखरी अहिले हिजोको पहिचान भुलेर झार पोखरीमा परिणत भएको छ । परम्परागत शैलीमै रानीपोखरी निर्माण गर्नेगरी कंक्रिटको संरचना भत्काइएपनि निर्माणको काम अघि बढ्न सकेको छैन । प्रताप मल्लकालिन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाउने भनिएको रानीपोखरी कस्तो बन्ला ? अझै अनिश्चित छ ।

आफ्ना कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकमुक्त गराउन प्रताप मल्लले वि.सं १७२७ मा दुई वर्ष लगाएर बनाइएको रानी पोखरीको इतिहास र अस्थित्व आखिर कस्ले बचाउने ? मेयर साब जनजनले प्रश्न गरिरहेका छन् ।


क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्