Techie IT
Mission Khabar

कलंकी अण्डरपास सञ्चालन र बन्दको लुकामारी, अपरिपक्क कायैशैलीको प्रतिनिधि नमुना


काठमाडौं–सञ्चालनमा आएको केहि दिनमै बन्द भएको नेपालकै पहिलो कलंकी अण्डरपासको लागत रोडले हाम्रो व्यवस्थापकिय कमजोरी र काम गराईको शैलिलाई उदांगो पारेको छ ।

अण्डरपास सञ्चालनको पाँच दिनमै बन्द गरिनुले निर्माणका क्रममा भएको अपरिपक्वता अनि हतारोमा अघि बढ्ने कार्यशैलीलाई सतहमा ल्याईदिएको हो । अण्डरपास सुचारु भएर कलंकीको जामबाट मुक्ति मिलेको महशुस गर्न नपाउँदै फेरि जामको दैनीकि सुरु भएको बताउँछन, चालकहरु । अण्डरपासको केही काम बाँकी रहेको भन्दै चक्रपथ सुधार आयोजनाले बन्द गराएको बताइदैगर्दा हाम्रो काम गराइएको स्तरलाई यसले झल्काएको छ ।

चक्रपथ सुधार आयोजना अन्तर्गत चीन सरकारको सहयोगमा निर्मित कलंकी अण्डरपास साउन १ बाट सञ्चालनमा आउने भनिएपनि एक महिना ढिला गरेर भदौँ १ बाट सञ्चालनमा आएको थियो । तर सञ्चालनको केही दिनमै बन्द गर्नुपर्ने अवस्था आयो । अण्डरपास मात्रै होइन, फराकीलो बनेको कोटेश्वर कलंकी सडक समेत पुर्वाधारयुक्त नभएका कारण भत्काएर केही महिना सुधार गर्नुपर्ने अवस्था देखिएको छ । चीनिया पक्षले हस्तान्तरण गरेपछि सुधारको काम थाल्ने योजनामा आयोजना रहेको छ ।

आवश्यक समन्वय र पर्याप्त गृहकार्य बिनै काम गरिदा पाँच अर्ब नेपाली रुपैँया लागतमा पुरा भएको सडक परियोजनाले यति लामो समयसम्म कोटेश्वर कलंकी सडकले सास्ती दिएको छ भने अझै केही समय जारी रहने भएको छ ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्