बिमस्टेकको रंगरोगन दिगोपनामा प्रश्न, पाहुनालाई देखाउनकै लागि २ करोड खर्च
काठमाडौं– काठमाडौंमा हुन लागेको चौथो बिमस्टेक सम्मेलनका लागि रङ–रोगन तथा सजावटमा सरकारले झण्डै २ करोड खर्च गरेको छ । बिमस्टेकमा आउने पाहुनालाई सफा र चटक्क देखाउन सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग–रोगन गर्दैगर्दा रंगिन अभियानलाई विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले पनि साथ दिइरहेका छन् ।
यस्ता संघ सस्थाले सबैभन्दा बढी प्रवेशद्वार तथा होडिङ बोर्ड निर्माणमा खर्च गरेका छन् । सडक विभागको नियमित कार्यअन्तर्गतको ४ करोडको ठेक्कामध्ये लगभग ३० प्रतिशत खर्च बिमस्टेकका लागि सकिएको छ । बिमस्टेकका लागि सडक विभाग एक्लैले करीब १ करोड २० लाख रंगरोगनमा खर्चिएको छ । उपत्यका सडक विकास आयोजनाले यसैमा ३० लाखभन्दा बढी खर्च गरेको छ । यसरी सडक रंगरोगनमा मात्रै डेढ करोड खर्च भएको देखिन्छ ।
सम्मेलनका पाहुनाहरूको स्वागतका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा होडिङबोर्ड बनाएर राखेका अनि टाँगेका छन् । स्वागतका लागि राखिएका ५७ वटा प्रवेशद्वारमा १० लाख खर्च भएको छ । एउटा होडिङ बोर्ड र प्रवेशद्वारमा औसतमा करीब ६५ हजार खर्च भएको देखिन्छ । सरकारी निकायको खर्चमा १२ देखि १५ वटा प्रवेश द्वार र करीब १० वटा होडिङ बोर्ड टाँगिएको छ ।
होडिङबोर्डमा मात्रै ७ लाख खर्च भएको अनुमान गरिएको छ । यसरी बिमस्टेक सम्मेलनको रंग–रोगन र स्वागतका लागि मात्रै २ करोड खर्च भइरहँदा यसको दिगोपनमा भने सबैले आशंका गर्दै आएका छन् ।
क्याटेगोरी : विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्