बिमस्टेकका १४ क्षेत्रगत एजेण्डा, कसरी होलान त व्यवहारिकतामा पुरा ?

काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को १९ औं सचिव स्तरीय बैठकले बिमस्टेक ग्रिडको एजेण्डामाथी आगामी सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय लिएको छ ।
बिमस्टेक सम्मेलनका मुख्य १४ वटा क्षेत्रगत बिषय तय गरेको सचिवस्तरिय बैठकले कनेक्टिभिटी, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, काउन्टर आतंकवाद र अपराध लगायतका विषयलाई छलफलको एजेण्डा बनाउने निर्णय गरेको हो । बिमस्टेकको आफ्नै घोषणापत्र नभएको भन्दै चौथो सम्मेलनपछि पहिलो पटक घोषणापत्र जारी गर्ने सहमती पनि बैठकबाट जुटेको छ ।
सचिवस्तरीय बैठकले तय गरेको एजेण्डालाई बुधबार बस्ने विदेशमन्त्री स्तरीय बैठकले अन्तिम रुप दिनेछ । बिमस्टेक सम्मेलनलाई थप प्रभावकारी बनाउन सकारात्मक देखिएको सचिवस्तरिय बैठकको विश्वास कसरी प्रतिबिम्बित हुन्छ, यसका लागि सम्मेलन र त्यसपछिका गतिविधि पर्खनुपर्छ ।
क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्