लामोसाँघु–जीरी सडकमा चरम लापरबाही, कामचोर ठेकेदारलाई किन हुँदैन कारबाही ? (फोटो डायरी)
दोलखा–सुरज बस्नेत । दोलखाबाट राजधानी काठमाडौं भित्रिने प्रमुख प्रवेशमार्ग लामोसाँघु–जिरी सडकको यो हालत । सडकको अवस्था बारे केही भन्नैपर्दैन दृश्यबाट आफै झल्किन्छ । फराकिलो बनाउने क्रममा भैरहेको ढिलाईले बढेको सकस झन–झन बिकराल बन्दैछ ।
यो हिले सडकको वास्तबिकता । दोलखाबासीको यात्रा लम्बिएको मात्रै छैन, जोखिम पनि उत्तिकै बढेको छ । दुई बर्षमा काम सक्नेगरी तीन वर्षअघि सडक विभागले ठेक्कामा दिएको थियो यो सडक ।
५० करोड ७२ लाख ३६ हजार ४ सय ५८ रुपैयाँको लागतमा पहिलो प्याकेज – सिन्धुपाल्चोकको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटर, सुनौला खिम्ती र गौरी पार्वतीको जिम्ममा ५० र भारतीय ठेकेदार कम्पनी सीमाञ्चलको जिम्मामा ५० प्रतिशतको जिम्मेवारी । दुई वर्षभित्र कालोपत्रे गरेर हस्तान्तरण गर्ने गरी २०७२ कात्तिक ८ गते सम्झौता, ठेक्का व्यवस्थापक थियो सुनौला खिम्ती ।
दोस्रो प्याकेज– मुडेदेखि चरिकोटसम्म ३० किलोमिटर खण्ड : भारतीय कम्पनी सकिल हैदरको ५० प्रतिशत र नेपाली कम्पनी शंकर माली र सुनौला खिम्तीको २५–२५ प्रतिशत जिम्मेबारी ।
२०७२ चैतमा सम्झौता, सडक अलपत्र । सडक सकस र ठेकेदारको बेवास्था बारे स्थानीय तहका जनप्रतिनिधि र जिल्लास्थित सरोकारवाला निकाय बेखबर छन् ।
ठेकेदारहरुले भदौ ७ गते दोलखा, चरिकोट र रामेछापका जनप्रतिनिधि, प्रदेश सभाका मन्त्री सहितका सरोकारवाला पक्षसँग १० दिन भित्र सडकको स्तर सुधार गर्ने लिखित प्रतिबद्धता गरेका थिए । तर अहिले पनि सडकको हालत उस्तै छ । काम नगर्ने ठेकेदारको बदमासी आखिर रोक्ने कसरी अनि कस्ले ?
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्