पटक–पटक ठेक्का मिति गुजार्ने पप्पुलाई चुनौती, सम्झौताको डेढ बर्ष अगाबै सिन्धुलीमा बन्यो पुल
सिन्धुली–पप्पु कन्ट्रक्सन, निर्माण व्यवसायको एउटा विवादित नाम । जसले ठेक्क लिएका अधिकांश पुल मिति गुजारेर पनि बन्न सुरु नै गरेका छैनन । सधैको बद्नाम पप्पुलाई नै चुनौती दिनेगरि सिन्धुलीको मरिण नदीमा निर्माण सक्ने सम्झौताको मिति भन्दा डेढ बर्ष अघि नै पक्कि पुल बनेको छ ।
कालिका/रसुवा/तुदी जेभीले निर्माण गरेको पुलले उनीहरुलाई प्रशंसाको पात्र मात्रै बनाएको छैन, आँट गर्यो भने सम्भव हुन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, निर्माण पक्षले । ४ सय मिटर लम्बाई र ६ मिटर चौडाई रहेको पुल ४९ करोड १४ लाखको लागतमा पुरा भएको हो । सिन्धुलीको बिकट मानिने मरिण गाउँपालिकास्थित कपिलाकोट र कल्पवृक्ष जोडने मरिण नदीमा पुल बनेपछि सहान, खयरसाल, भालुमारा, बोटेनी क्षेत्रका स्थानीय खुसिले दंग छन् । पुलको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्नेलाई पुरस्कार सहित प्रोत्साहन र गल्ती गर्नेलाई कडा कारबाही गरिने बताए ।
निर्माण पक्ष पनि सबै ठेकेदार गलत हुँदैनन भन्ने उदाहरण प्रस्तुत गरेको र आफूले ठेक्का लिएका सबै काम समय अगाबै पुरा गर्ने बताइरहेको छ । मरिण पुलले जिल्ला सदरमुकाम सिन्धुलीमाडीसम्मको यात्रा सहज मात्रै बनाएको छैन, सिन्धुलीको ग्रामिण कृषि उत्पादनलाई बजार ल्यउन सहयोग गरेको छ ।
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्