Techie IT
Mission Khabar

पुँजिगत खर्चमै अल्झियो सरकार, वषान्तमा अत्यधिक बजेट सकाएर अपचलन गर्ने प्रवृत्तिकै निरन्तरता त हैन ?


काठमाडौं–सरकारले चालु आर्थिक वर्षको दुई महिनामा बल्ल ६ अर्ब ८५ करोड रुपैयाँ मात्रै पुँजीगत खर्च गरेको छ । यो खर्च रकम गत वर्षको अन्तिम एक दिन गरेको खर्चभन्दा ४ गुणा कम हो ।

गत असार ३१ गते मात्रै सरकारले २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार रुपैयाँ खर्च गरेर चमत्कार गरेको थियो । विगतको खर्च र अहिले भैरहेको पुँजीगत खर्चको यो ट्रेनले आर्थिक वर्षको सुरुवातमा केही पनि काम नगर्ने अनि वर्षान्तमा हतारो गरेर अत्यधिक खर्च गर्ने प्रवृत्तिले निरन्तरता पाउने देखाएको छ ।

यसले पुनः विकास निर्माण खर्च नगरेर कामको गति प्रभावित गर्ने खेल त हुँदैछैन भन्ने आशंका उब्जाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्