Techie IT
Mission Khabar

महंगीको मारमा भूकम्पपीडित, अनुदान पर्याप्त नहुदा नजिकिएको जाडो र आउने वर्षाद्को चिन्ता


काठमाडौं–निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र सरकारी निकायको समन्वय र पर्याप्त सहयोग नपाउँदा भूकम्पपीडित मारमा छन् । निर्माण सामग्री महँगो, ढुवानीमा समस्या र भौगोलिक विकटता केहीका लागि कारक बनेको छ भने कतै प्राधिकरण र सरकारी पक्षबाटै पीडितले पर्याप्त साथ पाएका छैनन ।

यस्ता विविध कारणले अहिलेसम्म भूकम्प प्रभावित सबै पुनःनिर्माणको प्रक्रियामा सामेल भएका छैनन । बन्दै गरेका नीजि निवासको निर्माण गती पनि निक्कै सुस्त पाइएको छ । निजी आवास अनुदान वितरणका लागी ९ लाख ९६ हजार ५ सय ८२ घरधुरी माथी सर्वेक्षण भएकोमा अति प्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० र कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ थिए । यी मध्येबाट लाभग्राही सुचीमा ८ लाख १० हजार ६ सय ९० परे । अति प्रभावित १४ जिल्लामा ७ लाख १० हजार ६ सय ४७ र कम प्रभावित १८ जिल्लामा १ लाख ४३ लाभग्राही सूचिमा पर्दा प्रबलीकरण सुचीमा ६१ हजार ८ सय ९१ समावेश भएका थिए ।

अति प्रभावित १४ जिल्ला ६ लाख २७ हजार २ सय २ र कम प्रभावित १८ जिल्ला ९ लाख ५ हजार ५ सय ४० गरेर ७ लाख २२ हजार ७ सय ४२ घरधुरीसँग अनुदान सम्झौता भएको थियो । यो बीचमा ७ लाख १४ हजार ६ सय ४५ ले मात्रै पहिलो किस्ता बुझेका छन् । यस्तै, दोश्रो किस्ता ४ लाख ७६ हजार ८ सय १६ ले बुझ्दा अति प्रभावित १४ जिल्लामा २ लाख ५७ हजार ५ सय ३४ र कम प्रभावित १८ जिल्ला १६ सय ५८ गरेर २ लाख ५९ हजार १ सय ९२ लाभग्राहीले तेश्रो किस्ता बुझेका छन् ।

८ लाख १० हजार बढी घर बन्नुपर्ने ठाउँमा अहिलेसम्म २ लाख ९२ हजार २ सय ९० घर मात्रै बनेका छन् । ५ लाख ५१ हजार २ सय ३६ घर बन्दैगर्दा लाखौँ घरधनी अनुदान बुझ्ने प्रक्रियामै अल्झिएका छन् । दोस्रो किस्ता भुक्तानीका ६ लाख बढीको निवेदन तेश्रो किस्ताका लागि ३ लाख बढीको निवेदन परेर प्रमाणिकरण र भुक्तानिमा अल्झिएको छ । यसले सरकारी अल्झन प्रस्ट्याएको छ । उता, निर्माण सामाग्रीमा थपिएको महंगी, दक्ष कामदार अभाव र सरकारी निरिक्षकको असहयोगले थुप्रै भूकम्प प्रभावितको जग उठ्न सकेको छैन । यता, कामको गति निक्कै सुस्त भैरहँदा २०७५ असारभित्र पहिलो किस्ता बुझेका लाभग्राहिलाई पौष मसान्तसम्म दोश्रो किस्ता बुझ्न, २०७५ पौषसम्म दोश्रो किस्ता लिएकालाई तेश्रो किस्ता लिन २०७६ बैशाखको समयसिको सिलिङ तोकेको छ ।

पहिचान भएका सबैलाई अनुदान सम्झौता गरेर पहिलो किस्ता लिन २०७५ कार्तिक, दोश्रो किस्ताको लागि २०७५ माघको समयसिमा दिएको प्राधिकरणले २०७६ जेठ मसान्तभित्र तेश्रो किस्ता बुझ्न आग्रह गर्दै आएको छ । अहिलेको अनुदान र निर्माणको गति हेर्दा यो समयसिमामा सबै प्रभावितहरु पक्कि छानोमुनी आउने सम्भावना देखिदैन ।


क्याटेगोरी : ओझेलका पात्र, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्