Techie IT
Mission Khabar

सरकारी बेवास्ताको परिणती, बन्द हुँने अवस्थामा प्रदेश स्तरिय विषादी मापन केन्द्र


काठमाडौं /झापा–अहिले अधिकांशको भान्सामा बिष पाकिरहेको छ । यो आशंका मात्रै होइन, कृषी उपज उत्पादन र भण्डारणमा भैरहेको विभिन्न किटनासक औषधी तथा विषाधी प्रयोगले पुष्टि गरेको कुरा हो ।

अझ, छोटो समयमा नै लाभ लिने उद्देश्यले सञ्चालन गरिएका कृषी फामले रातारात औषधी प्रयोग गरेर समय अगाबै टमाटर, लौका, काक्रो, पर्सी, घिरौला लगायतका तरकारी उत्पादन गरिरहेका छन् । यसले उत्पादकलाई क्षणिक लाभ भएपनि उपभोक्ता स्वास्थ्यमाथी गम्भिर असर पुर्याएको छ । बढ्दो क्रममा रहेको यही जोखिम कम गर्न दुई वर्ष अघि तामझाम सहित देशका सातवटै प्रदेशलाई लक्षितगरि प्रदेशस्तरिय विषादीमापन केन्द्र स्थापना गरिए ।

अहिले प्रदेश १ स्थित झापाको बिर्तामोडमा रहेको सरकारी बिषादी मापन केन्द्र बन्द हुने अवस्थामा पुगेको छ । प्रदेशमा उत्पादित र भारत लगायतका मूलुकबाट आयतित तरकारी तथा फलफुलको विषादी मापन गर्न स्थापना गरिएका सबै प्रदेश स्तरिय विषादी मापन केन्द्र बन्द हुने अवस्थामा पुग्दा पनि सरकार गम्भिर बन्न सकेको छैन । बरु एउटा कोठामा असहज रुपमा राखिएका कार्यालय, ल्याव र स्टोर रुघेर बसिरहेका छन्, कर्मचारी । प्रदेश–१ को प्रयोगशालाको काम गत साउन देखि खस्किएको छ । कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) को संयुक्त लगानीमा स्थापित प्रयोगशाला केन्द्रिय कृषि प्रयोगशाला वा विषादी मापन केन्द्र कस्ले चलाउने भन्ने विवाद चुलिएको छ । यसैका कारण यहाँका तीन जना कर्मचारीले दुई महिनादेखी तलबसम्म पाएका छैनन ।

पैसा खर्चिने अनि आवश्यकता रहदारहँदै यसरी प्रयोगशाला बन्द गर्ने हो भने आम उपभोक्ताको स्वास्थ्यको चिन्ता कस्ले गर्ने  ? सरकार गाडी झाडीमा फाल्ने, उद्योग खोलेर अर्बौंका उपकरण बेकामे बनाउने यस्तो पाराले संबृद्धिको सपना पुरा कसरी हुन्छ ?


क्याटेगोरी : कृषी / उद्यम, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्