Techie IT
Mission Khabar

नीजि कम्पनीले स्मार्ट कार्ड छाप्न थाल्यो, हट्ला त सवारीचालक अनुमतिपत्रको ढिलासुस्ती ?


काठमाडौं– स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) को अभाव कम गर्न मंगलबारदेखि निजी कम्पनीले छपाइ सुरु गरेको छ । स्मार्ट कार्डको मागका तुलनामा छपाई निक्कै कम भएपछि सेवाग्राहीको आलोचना झेल्दै आएको यातायात व्यवस्था विभागले मालिका इन्कर्पोरेटेड प्रालिलाई छपाइको अनुमती दिएको हो ।

निजी कम्पनी मालिकाले सुरुवाती दिनमै मंगलबार २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने जनाएको छ । उसले दैनिक २० हजार बढीको छपाईलाई निरन्तरता दिने भएको छ । यातायात व्यवस्था विभागले पर्याप्त स्मार्ट कार्ड छाप्न नसकेपछि मालिका इन्कर्पोरेटेड प्रालिले मंगलबारबाट सन् २०१८ को जनवरीदेखिपछि नयाँ लाइसेन्स लिने वा नवीकरणको निवेदन दिने सेवाग्राहीको कार्ड छाप्न थालेको हो ।

विभागले स्मार्ट कार्डमा समावेश गरिने जनवरीदेखि पछिको आवश्यक विवरण मालिकालाई दिएको छ । ४५ दिनभित्र करिब पाँच लाख कार्ड प्रिन्ट गरेर दिने सम्झौता विभागसँग मालिकाले गरेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्