साझाको विद्युत बस : भब्य उद्घाटन, कहिले सम्म होला टिकाउ ? (फोटो डायरी)

काठमाडौं–साझा यातायातले ५ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेका बस भित्र्याएको साझा यातायातले मंगलबार ललितपुरस्थित हरिहर भवनबाट विद्युतीय बसको उद्घाटन गरेको हो ।
प्रधानमन्त्री केपी ओलीले भब्य कार्यक्रमकाबीच उद्घाटन गरेका विद्युतीय बसले काठमाडौंमा सेवा सुरु गरेका छन् । पहिलो चरणमा ५ वटा विद्युत्तीय बस ल्याउने तयारी स्वरुप २ वटा बस काठमाडौं आइसकेका छन् भने बाँकी आउने क्रममा रहेको बताइएको छ ।
लुम्बिनी विकास कोष र एसियाली विकास बैंकबीच बस खरिद सम्झौता हुँदै यी बसहरू लुम्बिनी क्षेत्रमा गुडाउने सहमती भएपनि भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आउनुपूर्व बसले काठमाडौंमा सेवा दिनेछन् ।
चालकसहित २० सिट क्षमताका बसमा सिसी क्यामेरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगर लगायत आरामदायी यात्राको सुविधा छ । अपांगमैत्री रहेका बस एक पटक चार्ज गरेपछि २ सय ५० किलोमिटर गुड्ने बताइएको छ । बसको उद्घाटन गर्दै घरघरमा ग्याँस पाईप पुग्न लागेको भन्दै अब विद्युतको तार पुर्याइने ठट्यौँली भाषण गरेका प्रधानमन्त्री ओली विद्युत बस चढेरै सिंहदरबार पुगे ।
क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्