चीनको चमत्कार : समुन्द्रमा विश्वकै लामो पुल, हङकङबाट चीन पुग्न ३० मिनेट

एजेन्सी/काठमाडौं–चीन विश्व अर्थतन्त्रको उदियमान राष्ट्र मात्रै होइन, विकास र प्रविधिमा निक्कै ठूलो चमत्कार गरिरहेको राष्ट्र पनि हो । समुद्रमाथि बनाइएको विश्वकै लामो पुलले फेरी चिनले विश्वको ध्यान खिचेको छ ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले मंगलबार औपचारिक उदघाटन गरेको यो पुल आतिशबाजीसहितको विशेष कार्यक्रमका बिच उदघाटन गरियो । नौ बर्ष लगाएर विश्वकै सबैभन्दा लामो समुद्री पुल निर्माण गरेको चिनले हङकङ र मकाउलाई चीनिया शहर झुहाईसँग जोडेको छ । यो पुलले दुई सहरबीचको दुरी ३ घण्टाबाट ३० मिनेटमा झर्ने बताइएको छ । ५५ किलोमिटर लामो पुल निर्माणका लागि २० अर्व डलर खर्च भएको छ । समुद्रमाथि २२ दशमलव ९ किलोमिटर र ६ दशमलव ७ किलोमिटर समुद्र मुनी सुरुङमा रहेको पुल डबल थ्रि लेनको छ । पुलको बाँकी भाग जमिनमा बनाइएको छ ।
हङकङलाई नियन्त्रणमा राख्ने चिनियाँ परियोजनाका रुपमा यो पुललाई कतिपयले ब्याख्या गरिरहदा हङकङ भने चिनिया पर्यटकहरु बढने विश्वासमा छ । आठ म्याग्निच्युडको भूकम्प, समुन्द्री आँधीलाई समेत धान्नसक्ने पुल निर्माणमा ४ लाख टन स्टील प्रयोग गरिएको छ ।
क्याटेगोरी : विकास / पुर्वाधार, विश्व / विविध, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्