पर्यटक लोभ्याउने गणेश वस्ती, २ सय बर्ष पुराना घरकै कारण अन्तर्राष्ट्रिय सम्पदा सूचिमा(फोटो डायरी)

कास्की–भक्तपुरबाट पोखरा झरेका नेवार समूदायले स्थापना गरेको पोखाराको पुरानो व्यापारिक वजार गणेश टोलको पहिचान फेरिएको छ ।
करिव २ सय वर्ष पुरानो इतिहास वोकेको गणेश टोल अहिले विक्रम सम्वत १८७५ सालमा निर्माण भएका पुराना संरचनाका कारण पर्यटकिय गन्तब्य बनेको छ । ऐतिहासिक विरासत बोकेका ४० घरहरु मध्ये १७ वटा घर अझै उस्तै रुपमा ठडिएका छन् ।
उनै नेवार समूदायबाट स्थापना गरिएका गणेश मन्दिर र भिमसेन मन्दिरले यो टोलको संस्कृतिमा नयाँ आयाम दिएका छन् ।
पोखरा विस्तारसँगै व्यापार स्थानान्तरण भएर महेन्द्र पुल, चिप्लेढुंगा र पृथ्विचोकतिर सरेपछि परम्परावादी संरचना रहेको गणेश टोल अन्तर्राष्ट्रिय सम्पदा सुचिमा सूचिक्रित भएर पर्यटनको केन्द्र बनेको छ ।
यहाँका पुराना घरको संरक्षणमा पोखरा महानगरपालिकाले चासो दिएपनि सार्थक प्रयास भने भएको छैन । स्थानीयको प्रयासमा राज्यको सहयोग मिल्ने हो भने यस्था थुप्रै गणेश टोल बन्नेछन् र आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गन्तब्यका रुपमा परिचित पनि हुनेछन् । केवल खासो छ, सकारात्मक सोच दिर्घकालिन योजनाको ।
क्याटेगोरी : जीवन भोगाई, विकास / पुर्वाधार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्