Techie IT
Mission Khabar

त्रिभुवन विमानस्थल अनुगमन र निर्देशन श्रृङ्खला, गृहमन्त्रीको निर्देशनले होला त सुधार ?


काठमाडौं–शुक्रबार गृहमन्त्री रामबहादुर थापा एकाएक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा पुगे । उनले अनुगमन मात्रै गरेनन्, विमानस्थल परिसरमा उभिएर सुरक्षा व्यवस्था प्रभाकारी बनाउन निर्देशन पनि दिए ।

गृहमन्त्रीले विमानस्थलको सुरक्षा व्यवस्थामा सुधार गर्न सुरक्षा निकायलाई निर्देशन दिएको यो नै पहिलो घटना भने होइन, गृहमन्त्री फेरिएपछि वा विमानस्थल सुरक्षा युनिटमा प्रमुख फेरिएपछि यस्तो अनुगमन र निर्देशन बढी हुँदै आएको छ । सुरक्षा व्यवस्थासँगै भौतिक पूर्वाधारको सुधार र यात्रुलाई सहज हुने गरी व्यवस्थापनमा सुधार गर्न गृहमन्त्रीले निर्देशन दिइरहँदा विमानस्थलको सुरक्षाको व्यवस्थापन मिलाउने महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेत पुगेका छन् । विमानस्थल प्रशासनमा पुरानै नेतृत्व छ ।

अनुगमनका क्रममा अध्यागमनमा भिड भएको, सामान टुटफुट र मुद्रा सटहीमा समस्या ब्यहोनुपरेको भन्दै यात्रुले गृहमन्त्रीलाई गुनासो गर्नसम्म भ्याए । केन्द्रिय अनुसन्धान ब्यूरो, प्रदेश इञ्चार्ज लगायतका महत्वपुर्ण ठाउँमा रहेर आफ्नो उत्कृष्ट सुरक्षा कला प्रदर्शन गरेका डिआईजी बस्नेतले विमानस्थलको सुरक्षामा कस्तो छलाङ् ल्याउँछन्, समयले आफै देखाउनेछ ।


क्याटेगोरी : जनप्रतिनिधि, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्