Techie IT
Mission Khabar

तिनाउ गाउँपालिकाले कृषकलाई दियो २५ वटा टिलर, स्थानीय उत्साहित


अनु खनाल । पाल्पा– पाल्पाको तिनाउ गाउँपालिकाले स्थानीयलाई मिनिपावर टिलर वितरण गरेको छ । पाल्पाको दोभानमा एक कार्यक्रमकाबिच गाउँ कार्यपलिकाको कृषि विकास शाखाले स्थानीयलाई टिलर वितरण गरेको हो ।

तिनाउ गाउँ पालिकाका अध्यक्ष ओम बाहादुर घर्तीले ६ वटा वडामा २५ वटा मिनिपावर टिलर वितरण गरेका थिए । वितरित प्रति एक टिलर मूल्य ५८ हजार पर्छ । कृषि उपज लगाउन तथा खेतबारी खनजोत गर्न सहयोगी हुने टिलर पाएपछि स्थानीय उत्साहित भएका छन् ।

गाउँपालिकाका अन्य कृषकलाई समेत विभिन्न उपकरण सहित अन्य आवश्यक सामाग्री तथा प्राविधिक सायोग गर्ने योजनामा गाउँपालिका रहेको छ ।


क्याटेगोरी : कृषी / उद्यम, जनप्रतिनिधि, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्