Techie IT
Mission Khabar

माथिल्लो तामाकोसीको सेयर : स्थानीयलाई सामान्य राहत, आयोजनालाई फलिफाब


दोलखा–स्थानीयका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएसँगै स्थानीयले केही राहतको महशुस गरेका छन् ।

निक्कै ढिला गरेर अर्थात ४ महिनापछि बाँडफाँट भएको सेयर वापत आवेदकले न्यूनतम ३० देखि अधिकतम १०२ कित्ता पाएका छन् । प्रभावितहरुलाई अति प्रभावित क प्रभावित ख र कम प्रभावित ग गरेर तीन समूहमा माग भए अनुसार सेयर बाँडिएको थियो । अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ताको आवेदन दिनेहरुले माग अनुसार सेयर पाउँदा ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाए । ख बर्गका आवेदकले  न्यूनतम ३० कित्तादेखि अधिकतम ४८ कित्ताका दरले माथिल्लो तामाकोसीको सेयर पाएका छन् । ग वर्गका आवेदकले न्यूनतम ३० देखि अधिकतम ३४ कित्ताका दरले सेयर पाए ।

आयोजना प्रभावित दोलखावासीका लागि असार १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासन गरिएको थियो । सर्वसाधारणलाई बिक्री गर्ने कुल २ करोड ६४ लाख ७५ हजार कित्तामध्ये १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि २ लाख भन्दाबढी स्थानीयले आवेदन दिएका थिए ।

यसअघि स्थानीयले आफूहरुले सेयर सहितको उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेर विभिन्न चरणमा आन्दोलन गर्दै आएका थिए । सेयर पाएपनि स्थानीय अझै आयोजना प्रति पूर्ण सन्तुष्ट भने भएका छैनन ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्