Techie IT
Mission Khabar

काठमाडौंको कुरुप नमुना, निर्देशनको चाँङ लाग्दा पनि कहिल्यै नपुरिने खाल्डेखुल्डे सडक (फोटो डायरी)


काठमाडौं– भनिन्छ, सडक विकासको पहिलो पूर्वाधार । तर विकास र समृद्धिमा सबैभन्दा अघि रहेको काठमाडौं उपत्यकाको सडकले हाम्रो विकास परिपाटिलाई नै गिज्याइरहेको छ ।

जता गयो उतै खाल्डै खाल्डा छन्, सडकमा । खाल्डे सडकले सवारी साधानसँगै पैदल यात्रुलाई समेत सास्तीमा पारेका छन् । देशको राजधानी शहरले खाल्डाखुल्डीको सामना गरेको बषौं बितेको छ ।

एम्बुस जसरी सडकबाट जोखिम बढेपछि खाल्डाखुल्डी पुर्न निर्देशन दिने अभियान चलेको पनि निक्कै पटक भयो । तर अहिलेसम्म न निर्देशनले काम गरेको छ । न ठेकेदारले नै काम गरेका छन् ।

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सामाखुसीमा सडकमा जमेको पानी हुँदै पानी तथा ढल निकासको मंगलमा एक बालक परेपछि खाल्डाखुल्डी पुर्न निर्देशन दिए । सडकमा माटो हाल्ने र केही दिनलाई छोप्ने बाहेक उपलब्धि भएन । लगत्तै प्रधानमन्त्री बनेका केपी ओलीले पनि उहि परम्परालाई निरन्तरता दिदै खाल्डाखुल्डी पुर्न निर्देशन जारी गरे ।

अहिलेसम्म उपलब्धि नदेखिएपछि फेरी प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दुई महिनाको समयसिमा तोकेर खाल्डाखुल्डी पुर्न निर्देशन दिएको छ । सार्क, बिमस्टेक लगायतका सम्मेलनले काठमाडौंका सडकको मुहार फेरेपनि टिकाउ बन्न सकेका छैनन ।

खाल्डाखुल्डीले दुर्घटना निम्त्याएपछि मात्रै चासो लिएजस्तो गर्ने सरकार अनि झारा टार्ने काममा मात्रै रमाउने ठेकेदारी प्रथा नरोकिदासम्म काठमाडौंका सडक चिल्ला र सुकिला हुँदैनन । सरकारको काम निर्देशन मात्रै दिने हो कि नियमन गरेर दोषीलाई कारबाही गरेर नागरिकलाई सुविधा र राहत दिने पनि हो ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्