Techie IT
Mission Khabar

कालिञ्चोक केबुलकार सञ्चालनको अन्तिम तयारीमा, बढ्लान त दोलखामा धार्मिक पर्यटक ?


सुरज बस्नेत । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोकमा अबको केही सातामै व्यवसायिक केवलकार सञ्चालन हुँदैछ । दशैं अघि नै आन्तरिक परिक्षण गरिएको कालिञ्चोक केबुलकारको अहिले स्वीजरल्याण्डबाट आएका २ जना इन्जिनियरले सफ्टवेयर मिलाउने र अन्तिम जाँच गर्ने काम गरिरहेका छन् ।

अन्तिम परिक्षण पुरा गरेपछि केवलकारको नियमित सञ्चालन थाल्ने कालिञ्चोक केबलकारका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । ४ वटा कार डब्बा रहेको केवलकारमा एक पटकमा ४० जनाले ओहोरदोहोर गर्न सक्नेछन् । एउटा कारमा एक पटकमा १० जनाले यात्रा गर्न सक्नेछन् । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालिञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालिञ्चोक र कालिञ्चोक हुँदै कुरी आवतजावत गर्ने स्थानीय तथा धार्मिक पर्यटकको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।

कालिञ्चोक दर्शन लिमिटेडले साँढे २ वर्ष अघि निर्माण सुरु गरेको केवुलकार सञ्चालनमा ल्यउदासम्म करिव ४५ करोड खर्च हुने अनुमान छ । प्रतिव्यक्ति टिकट मूल्य ५ सय रुपैंया तोकिएपनि कालिञ्चोक क्षेत्रका स्थानीयलाई केही सहुलियत दिइने कार्यकारी अधिकृत शिवाकोटी बताउछन् । सहुलियतको प्रस्ताव यातायात तथा भौतिक पुर्वाधार मन्त्रालयमा अड्किएको छ ।

डबल सिस्टमको कार २ वटा रोकेर २ वटा मात्रै चलाउन पनि सकिने छ । स्वीस टेक्नोलोजीबाट निर्माण भएको केबुलकार मनकामना र चन्द्रागिरीको भन्दा फरक रहेको निर्माण पक्षको दाबी छ । दोलखाको पर्यटन प्रवर्धनमा केवलकार सहयोगी हुने विश्वास गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्