Techie IT
Mission Khabar

आक्रामक उत्पादन गर्दै सरकारी स्वामित्वको उदयपुर सिमेन्ट, चालु बर्षको ७ महिनामै ३५ करोड बढी नाफा


उदयपुर– नेपालको सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टले आफ्नो उत्पादन बढाएको छ । उदयपुरको जलजलेमा रहेको उद्योगले उत्पादन बढाएर दैनिक ७ सय ७० मेट्रिक टन सिमेन्ट उत्पादन थालेको हो ।

विसं २०४४ मा स्थापना भएको उद्योगले शुरुका वर्षमा अधिकतम ७०० मेट्रिक टनसम्म मात्रै सिमेन्ट उत्पादन गर्दै आएको थियो । विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६०० देखि ६५० मेट्रिक टनभन्दा माथी सिमेन्ट उत्पादन गर्न नसकेको उद्योगले गत वर्षदेखि सिमेन्टको गियर मेशिन फेरेर दैनिक ७०० देखि ७५० मेट्रिक टनसम्म सिमेन्ट उत्पादन गरिरहेको छ । उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलका अनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको उद्योग अहिले ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ । यो स्थापनाकालदेखीकै सबैभन्दा बढी उत्पादनको रेकर्ड हो ।

उद्योगले शत प्रतिशत उत्पादन गर्नेगरी पूर्ण क्षमता चलाउने गृहकार्य पनि गरिरहेको छ । ८०० मेट्रिकटनसम्म सिमेन्ट उत्पादन गर्दा उद्योगको नाफामा पनि रेकर्ड कायम हुने अपेक्षा गरिएको छ । दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा बढीको घाटा व्यहोर्दै आएको उदयपुर सिमेन्टले भौतिक तथा प्राविधिक व्यवस्थापन गरेपछि गत वर्ष १५ करोड आम्दानी गरेको थियो ।

चालु बर्षको अहिलेसम्म मात्रै ३५ करोडभन्दा बढी नाफा गरिसकेको उदयपुर सिमेन्टले यो बर्षको नाफामा नयाँ रेकर्ड बनाउने भएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्