Techie IT
Mission Khabar

पाँच वटै रेल सञ्जाल विकासमा कछुवा गती, पूर्वाधार र जनशक्तिमै अल्मलियो रेल विभाग


काठमाडौं– नेपाल रेल विभागले आफ्नो दीर्घकालीन २० वर्षे सोचअन्तर्गत रेल सम्भाव्यता अध्ययनलाई तिब्रता दिएको छ । नेपाल–भारत अन्तरदेशीय क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भारत र नेपालबीच सम्झौता भएको लामो समयपछि विभागले अध्ययनलाई तिब्रता दिएको हो ।

एमओयू भएकामध्ये जोगबनी विराटनगर खण्डको रेलमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षसम्म यो रेलमार्ग सञ्चालनमा आउने बताइएको छ । यस्तै, जयनगर–बर्दिबासको ६९ किलोमिटर मध्ये ३४ किलोमिटर खण्ड निर्माण पुरा भएको छ । जयनगरदेखि कुर्थासम्मको निर्माण कार्य पुराभए पुषसम्म रेल सञ्चालन गर्ने भनिएपनि रेलको डब्बा र प्राविधिक जनशक्ति जोहो गर्न सरकारले सकिरहेको छैन । नेपालको आफ्नै रेल र जनशक्ति नहुँदा निर्माण सम्पन्न भएका रेलमार्ग सञ्चालनमा पनि समस्या देखिएको छ । भारतको १० अर्ब रुपैयाँ सहयोगमा जयनगर जयपुरखण्डको रेलमार्ग निर्माण भइरहेको छ । यही पुस पहिलो हप्ता रेलको उद्घाटन हुने तयारीमा विभाग छ ।
सरकारले भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्ज २२ किलोमिटर, नौतनहवादेखि बुटवल १७ किलोमिटर, रक्सौलदेखि सिमरा २५ किलोमिटर, जयनगरदेखि बर्दिबास ६९ किलोमिटर, जोगबनीदेखि इटहरी ३० किलोमिटर र जलपाइगुडीदेखि काँकटभिट्टा ४६ किलोमिटरको लागि सम्भाव्यता अध्ययन गरेर काम अघि बढाएपनि तीन ठाउँको काम संभाव्यता अध्ययनमै अड्किएको छ ।सरकारले आउँदो २० वर्षभित्र ४ हजार किलोमिटर रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेपनि प्राविधिक जनशक्ति र रेल पूर्वाधार नहुँदा १० वर्षभित्र १ हजार पाँचसय किलोमिटर र सात वर्षभित्र ७ सय ५० किलोमिटर रेल सञ्जाल निर्माण गर्ने योजना प्रभावित हुने देखिन्छ ।

अझ सरकार पूर्व–पश्चिम, काठमाडौं–पोखरा–तराई रेल सञ्जाल निर्माण गर्दै दक्षिण सीमाबाट महत्वपूर्ण औद्योगिक तथा व्यापारिक शहरलाई पूर्व पश्चिम हुँदै काठमाडैंको रेल सञ्जालसँग जोड्ने दुरगामी योजना अघि सारिरहेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, विकास / पुर्वाधार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्