Techie IT
Mission Khabar

डोल्पा सडक सञ्जालमा जोडिने ७६ औं जिल्ला, कहिले पुग्ला हुम्लामा मोटर बाटो ?


डोल्पा– जिल्ला सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिने ७६ औं जिल्ला बनेको छ । जाजरकोटको पासागाढबाट सुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १ सय ३ किलोमिटर खण्डको सडकको ट्रयाक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

एक सय १८ किलोमिटर लामो सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय तह र संसाद कोषको खर्चमा यसअघि नै निर्माण भएको थियो । सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा हुदै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हुँदै दुनैसम्म विस्तार गरिएको छ ।

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणा अनुसार नेपाली सेनाले निर्माण गरेको हो । अव हुम्ला जिल्ला मात्रै मोटर बाटोको पहुँच बाहिर छ ।


क्याटेगोरी : यातायात / यात्रा, विकास / पुर्वाधार, सकारात्मक सोच, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्